एभरेष्ट महिला भलिबल लिग: मधेशको पहिलो जित, पोखराको दोस्रो हार
पाेखरा | भदौ २१, २०८२
पोखरा: एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा मधेश युनाइटेडले पोखरा निन्जाजमाथी सहज जित निकालेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको तेस्रो खेलमा मधेशले पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्यो । मधेशले पहिलो र दोस्रो सेट समान २५–१९ र तेस्रो सेट २५–२३ ले जित निकाल्यो । मधेशको यो पहिलो जित हो भने पोखराको दोस्रो हार हो ।
आजै भएको पहिलो खेलमा ललितपर क्विन्सले काठमाडौं स्पाईकर्सलाई ३–० सोझो सेटमा पराजित गरेको थियो । आजको दोस्रो खेलमा कर्णाली यशविशले लुम्बिनी लाभाजलाई ३–१ को सेटले हराएको थियो ।
लिगको तेस्रो दिन आइतबार दुई खेल हुनेछ । पहिलो खेल मधेश युनाइटेड र काठमाडौं स्पाईकर्सबिच दिउँसो २ बजेबाट सुरु हुनेछ ।
भोलिको दोस्रो खेल पोखरा निन्जाज र लुम्बिनी लाभाजबिचको खेल ४ बजेबाट सुरु हुनेछ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

